मादीमा गठबन्धन उम्मेदवारको घरदैलो सुरु

गुण्डागर्दी शैलीमा मादी कब्जा हुन सक्दैन: उम्मेदवार गुरुङ

कास्की | बैशाख १८, २०७९

मादीमा गठबन्धन उम्मेदवारको घरदैलो सुरु

पोखरा: मादी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो सुरु गरेको छ ।  समुन्नत मादीको आधार: पर्यटन, कृषि र पूर्वाधार, सफल अर्थतन्त्रको आधार भन्ने नारा सहित गठबन्धनले घरदैलो अभियान थालेको हो । 

 

गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान लिएर मादी ४ तारकाङ, ध्रुवचोक, डाँडाथोक, मजुवा, मादी ५, चित्रे, मगरगाउँ पुगे । साथै, मादी ३ याङ्जाकोट घर भई पोखरा बस्नु भएका चेलिबेटीहरुसँग साक्षात्कार सहित प्रतिबद्धता व्यक्त गरेको छ ।

 

आजबाट गठबन्धनका साझा उम्मेद्वारहरु भोट माग्दै जनताको घरदैलोमा पुगेको नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सचिव सरोज केसीले जानकारी दिए । उनका अनुसार मादी गाउँपालिका प्रमुखका लागि नेपाली कांग्रेसबाट देवीजंग गुरुङ र उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट लालबहादुर गुरुङ उम्मेद्वार छन् ।

 

घरदैलोको अवसरमा मतदातासँग बोल्दै अध्यक्ष पदका उम्मेद्वार देवीजंग गुरुङले मादीका विकासका लागि आफूले उम्मेद्वारी दिएको बताए । मादीको समुन्नत विकासको लागि गठबन्धनका साझा उम्मेद्वाहरुलाई जिताउन पनि उनले सबैलाई आग्रह गरेका थिए ।
 

यसैगरी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले कालो धन र गुण्डागर्दीको आधारमा मादी कब्जा गर्ने सपना नदेख्न विपक्षीलाई चेतावनी दिदै सुशासन, भ्रष्टाचाररहित सभ्य मादी बनाउन गठबन्धनलाई जिताउन आग्रह गरे ।

 

मादीलाई विकासमा फड्को मार्न आफूहरुले चुनाव जित्नु पर्ने बताए ।  मादीको विकासका लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिन समेत उनले आग्रह गरे ।
 

काठमाडौं:   राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...

थप पढ्नुहोस्

पोखरा:    हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

थप पढ्नुहोस्

म्याग्दी:  पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...

थप पढ्नुहोस्