मादीमा गठबन्धन उम्मेदवारको घरदैलो सुरु

गुण्डागर्दी शैलीमा मादी कब्जा हुन सक्दैन: उम्मेदवार गुरुङ

कास्की | बैशाख १८, २०७९

मादीमा गठबन्धन उम्मेदवारको घरदैलो सुरु

पोखरा: मादी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो सुरु गरेको छ ।  समुन्नत मादीको आधार: पर्यटन, कृषि र पूर्वाधार, सफल अर्थतन्त्रको आधार भन्ने नारा सहित गठबन्धनले घरदैलो अभियान थालेको हो । 

 

गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान लिएर मादी ४ तारकाङ, ध्रुवचोक, डाँडाथोक, मजुवा, मादी ५, चित्रे, मगरगाउँ पुगे । साथै, मादी ३ याङ्जाकोट घर भई पोखरा बस्नु भएका चेलिबेटीहरुसँग साक्षात्कार सहित प्रतिबद्धता व्यक्त गरेको छ ।

 

आजबाट गठबन्धनका साझा उम्मेद्वारहरु भोट माग्दै जनताको घरदैलोमा पुगेको नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सचिव सरोज केसीले जानकारी दिए । उनका अनुसार मादी गाउँपालिका प्रमुखका लागि नेपाली कांग्रेसबाट देवीजंग गुरुङ र उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट लालबहादुर गुरुङ उम्मेद्वार छन् ।

 

घरदैलोको अवसरमा मतदातासँग बोल्दै अध्यक्ष पदका उम्मेद्वार देवीजंग गुरुङले मादीका विकासका लागि आफूले उम्मेद्वारी दिएको बताए । मादीको समुन्नत विकासको लागि गठबन्धनका साझा उम्मेद्वाहरुलाई जिताउन पनि उनले सबैलाई आग्रह गरेका थिए ।
 

यसैगरी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले कालो धन र गुण्डागर्दीको आधारमा मादी कब्जा गर्ने सपना नदेख्न विपक्षीलाई चेतावनी दिदै सुशासन, भ्रष्टाचाररहित सभ्य मादी बनाउन गठबन्धनलाई जिताउन आग्रह गरे ।

 

मादीलाई विकासमा फड्को मार्न आफूहरुले चुनाव जित्नु पर्ने बताए ।  मादीको विकासका लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिन समेत उनले आग्रह गरे ।
 

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् ।    पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

थप पढ्नुहोस्

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्